सुन तस्करी मुद्दामा ५ वर्ष जेल बसेका कुसाङ २५ करोड सहित पक्राउ

spot_img

काठमाडौं । आज (मंगलबार) बिहान २५ करोड रुपैयाँसहित सिन्धुपाल्चोकका ३९ वर्षीय कुसाङ लामा पक्राउ परेका छन् । उनलाई आज बिहान प्रहरीले काठमाडौंको झोर क्षेत्रबाट पक्राउ गरेको थियो ।

मंगलबार प्रहरीले पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गरेको हो।

यसअघि ७ केजी सुनसहित पक्राउ परेका लामा सुन तस्करीको मुद्दामा ५ वर्ष जेल बसेका थिए।

प्रहरीका अनुसार केरूङबाट दुई जनाले उक्त परिमाणको रकम केरूङसम्म ल्याउन भनेको सूचना पाए लगत्तै अपरेसन सुरू गरेको थियो । शंका लागेपछि काठमाडौंको झोरबाट उक्त गाडी चेक गर्दा ठूलो परिमाणमा प्रहरीले रकम बरामद गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए । लामाबाट प्रहरीले युरो र अमेरिकी डलर बरामद गरेको हो।

गाडीको क्याबिनमा फल्स बटम बनाएर लामाले त्यसमा पैसा लुकाएर लैजाँदै गरेका थिए।

 

सम्बन्धित समाचार

ताजा समाचार