एनएमबि बैंककाे ‘ग्रीन सेभिङ्स डिपोजिट’ बचत खाता

spot_img

काठमाडौं । एनएमबि बैंकले ‘ग्रीन सेभिङ्स डिपोजिट’ (हरित बचत खाता) नामक बचत खाता सुरु गरेको छ । यस खाताले वातावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने बैंकले जनाएकाे छ ।

बैंकका अनुसार ‘ग्रीन सेभिङ्स डिपोजिट’ मा जम्मा भएको रकम सौर्य ऊर्जा, ऊर्जा बचत र प्रकृतिलाई जगेर्ना गर्ने हरित परियोजनामा मात्र प्रयोग गरिने छ ।

खाताबाट ग्राहकले आफ्नो लगानीको राम्रो प्रतिफल पाउनुका साथै हरित ऋणहरूमा समेत विशेष छुटहरू पाउन सक्ने बैंकले जनाएकाे छ ।

सम्बन्धित समाचार

ताजा समाचार