काठमाडौं । इजरायलले गाजामा शुरू गरेको हवाई आक्रमणमा परी कम्तीमा २३५ जनाको मृत्यु भएको स्थानीय अस्पतालले उल्लेख गरेका छन् । यो संख्या सातवटा अस्पतालका रेकर्डहरूमा आधारित छ र यसमा अन्य साना स्वास्थ्य केन्द्रहरूमा ल्याइएका शवहरू समावेश गरीएको छैन ।
आक्रमणमा कैयौँ घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । हमलाको कारण मृत्य भएका र घाइते भएकाहरुको खोजी कार्य जारी छ ।
इजरायली सेनाले विज्ञप्ति निकालेर हमासको क्याम्पहरुलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ ।
गाजामा सन् २०२५ को १९ जनवरीदेखि युद्धविराम कार्यान्वयनमा आएको थियो । जनवरी १९ मा युद्धविराम शुरू भएदेखि गाजामा हवाई आक्रमणको यो सबैभन्दा ठूलो लहर हो।
इजरायलका प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री इसराइल काट्जको निर्देशनमा मंगलबार बिहान गाजा क्षेत्रमा आक्रमण गरेको जनाएको छ ।
विज्ञप्तिमा हमासले बन्दी रिहाइ गर्न इन्कार गरेकाले र अमेरिकी राष्ट्रपतिका विशेष प्रतिनिधि विट काफ र अन्य मध्यस्थकर्ताहरुले राखेको प्रस्ताव नमानेकाले आक्रमण गरेको उल्लेख छ । इजरायलका रक्षा मन्त्री इसरायल काट्जले सबै बन्धकहरू मुक्त नभइसम्म आक्रमण जारी रहने बताएका छन् ।

