अमेरिकाले गर्‍यो हुथी विद्रोहीविरुद्ध आक्रमण

spot_img

यमनका हुथी विद्रोहीलाई लक्षित गरेर अमेरिकाले हवाइ आक्रमण शुरू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीविरूद्ध सैन्य कारबाही चलाउन निर्देशन दिएपछि यमनमा आक्रमण भएको बताइएको छ । यस आक्रमणबाट ३१ जना हुथीको मृत्यु भएको जनाइएको छ ।

ट्रम्पले आफ्नो ट्रुथ सोसल मिडिया प्लेटफर्ममा लेखेका छन्; “हुथी आतंककारी विरूद्ध यमनमा शक्तिशाली र निर्णायक कारबाही गर्नका लागि मैले अमेरिकी सेनालाई निर्देशन दिएको छु। उनीहरूले डकैती, हिंसा र आतंकवादको निरन्तर अभियान चलाएका छन् ।”

शनिबारको आक्रमणलाई ट्रम्पले दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपति जिम्मेवारी सम्हालेपछिकै ठूलो आक्रमण भनिएको छ। उक्त आक्रमण इरानका लागि चेतावनी समेत रहेको भनिएको छ।

अमेरिकाले हुथी विद्रोहीविरुद्ध अत्यधिक घातक बल प्रयोग गर्ने बताउँदै उनीहरूले स्वेज नहर,रेड सी र एडेनको खाडीबाट ढुवानीमा अवरोध पुर्‍याएको आरोप लगाएको छ। “अमेरिकी पानीजहाजमा हुथीको आक्रमण सह्य हुने छैन। जबसम्म हामीले आफ्नो उद्देश्य प्राप्त गर्दैनौँ तबसम्म हामी अत्यधिक बल प्रयोग गर्नेछौँ,” उनले लेखेका छन्।

चार महिनाअघि लाल सागर हुँदै जाने अन्तिम अमेरिकी युद्धपोतमाथि हुथी विद्रोहीले आक्रमण गरेका थिए। इरानको आर्थिक सहयोगमा हुथी विद्रोहीले अमेरिकी विमानमा क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी सैनिक तथा सहयोगीलाई निशाना बनाएका छन्।

थीलाई समर्थन र सहायता तत्काल बन्द नगरे उनीहरूमाथि नर्क बर्सिनेछु भनेर ट्रम्पले इरानलाई चेतावनी समेत दिएका छन् । ट्रम्पले ईरानलाई हुथी विद्रोहीहरूलाई समर्थन नगर्न चेतावनी दिँदै, विद्रोही समूहका गतिविधिहरूको लागि देशलाई “पूर्ण रूपमा जिम्मेवार” बनाइने बताएका छन् ।

 

 

सम्बन्धित समाचार

ताजा समाचार