काठमाडौं । जीएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्म “मितज्यू” मा दयाहाङ राई र तेरिया फौजा मगर मुख्य कलाकारको रुपमा देखिने भएका छन् । यसअघि ‘घरज्वाइँ’ निर्माण गरेको समूहले बनाउन लागेको यो फिल्मले सामाजिक संजालबाट कलाकारबारे जानकारी दिएको हो ।
तेरियाको कुरा गर्दा अभिनयमा उनको यो डेब्यु चाहिँ होइन । यसअघि उनले सन् २०२२ को भारतीय वेब सिरिज ‘उनकी यारी’ र सन् २०२३ को ‘क्याम्पस बिट्स’मा पनि अभिनय गरेकी थिइन् । फिचर फिल्मको रुपमा ‘मितज्यू’ पहिलो हुनेछ ।

भारतीय टिभी रियालिटी शो ‘डान्स इण्डिया डान्स लिल मास्टर्स’को सिजन ३ को बिजय संगै चर्चामा आएकी तेरिया फौजा मगर ‘झलक दिखलाजा’ सिजन ९ की पनि विजेता डान्सर हुन् ।
जीएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मका निर्देशक अनिल बुढामगर हुन् भने लगानीकर्ता जनक घर्ती मगर हुन् । ‘गाउँ आएको बाटो’ फेम्ड पटकथा लेखक महेश राईको यसका लेखको रुपमा रहेका छन् ।
अनिल बुढामगरको यो दोस्रो निर्देशकीय फिचर फिल्मको प्रदर्शन २०८२ सालको चैत २७ लाई घोषणा गरिएको छ ।

