अमेरिकासँग जस्तोसुकै युद्ध गर्न चीन तयार, यस वर्ष रक्षा खर्च ७.२५ प्रतिशतले बढाउने चीनको घोषणा

spot_img

काठमाडाैं, २२ फागुन । अमेरिकाले चिनियाँ सामानमा थप कर लगाएसँगै चीनले पनि अमेरिकी कृषि उत्पादनहरुमा १० देखि १५ प्रतिशतसम्म कर लगाएकाे छ ।

साथै चीनले अमेरिकालाई प्रतिकृया दिँदै बेइजिङ आफू अमेरिकासँग जस्ताेसुकै युद्धका लागि तयार रहेकाे बताएकाे बिबिसीले जनाएकाे छ । ट्रम्पले सबै चिनियाँ वस्तुमाथि थप शुल्क लगाएपछि विश्वका दुई सबभन्दा ठूला अर्थतन्त्र व्यापार युद्धुको सँघारमा पुगेका छन्।

यदि अमेरिकाले युद्ध चाहेको हो भने कर युद्ध, व्यापार युद्ध वा अन्य जुनसुकै प्रकारको युद्ध लड्न आफू तयार रहेको चेतावनी चीनले दिएको छ । अमेरिकास्थित चिनियाँ दूतावासले बुधबार सामाजिक सञ्जालमा सरकारी विज्ञप्तिको एक लाइन पुनः पोस्ट गर्दै यस्तो चेतावनी दिएको हो । ट्रम्पले कार्यभार सम्हाले यताको यो सबभन्दा तीखो चिनियाँ प्रतिक्रिया मानिएको छ ।

याेसँगै बुधवार चीनले यो वर्ष फेरि चीनको रक्षा खर्च ७.२५ ले बढाइने घाेषणा गरेकाे छ।

सम्बन्धित समाचार

ताजा समाचार