अमेरिकाबाट डिपाेर्ट भएका ८ नेपालीलाई परिवारकाे जिम्मा लगाइयाे

spot_img

काठमाडाैं, २२ फागुन । बुधबार अमेरिकाबाट डिपाेर्ट भएका ८ नेपालीलाई प्रहरीले परिवारकाे जिम्मा लगाएकाे छ । अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं पठाएका नेपाली नागरिकहरुलाई सोधपुछपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले परिवारको जिम्मा लगाएको हो ।

ग्रिफान एयरको बुधबार चार्टर्ड विमानमार्फत ८ जना नेपाली बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । उनीहरुलाई हत्कडी र नेल लगाएर ल्याइएको थियाे । त्यसपछि अध्यागमन विभागले उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा बुझाएको थियो ।

ब्यूरोले अमेरिकाबाट फर्काइएका नेपालीहरुसँग विविध विषयमा सोधपुछ गरेको थियो । अहिले उनीहरुलाई परिवारको जिम्मा लगाइए पनि रेडर्क राखिएकाले पछि समेत यो मामलालाई ब्यूरोले फलोअप गरिरहने छ ।

सम्बन्धित समाचार

ताजा समाचार