सरकार र आन्दोलनरत ग्यास उद्योगीबीच पाँच बुँदे सहमति भएको छ । मंगलबार भएको ४ घण्टा लामो वार्तापछि सरकार र नेपाल एलपी ग्यास उद्योग संघबीच ग्यासको भाउ १२.७५ रुपैयाँ बढाउने सहमति भएको हो ।
यो सहमतिसँगै अब ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ९१० बाट बढेर १ हजार ९२२ रुपैयाँ ७५ पैसा पुगेको छ । वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादु कार्कीसहितका सरकारी प्रतिनिधि र व्यवसायीबीच भएको ४ घण्टा लामो वार्तामा ५ बुँदे सहमति भएको छ ।
ओभरहेड र नाफा रकम वृद्धिलगायत १९ बुँदे माग राखेर नेपाल एलपी ग्यास उद्योग संले आइतबारदेखि भारतबाट ग्यास ल्याउने प्रोडक्ट डेलिभरी खरिद बन्द गरेर आन्दोलन गर्दै आएको थियो।

