
गोरखा : मनकामना मन्दिरको दर्शन गरेर फर्केिरहेको माइक्रो भ्यान दुर्घटनामा परी एक जना यात्रुको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । चितवन टाँडी पर्साका १५ जना यात्रु सवार अनटेस्ट इभी माइक्रो भ्यान सहिद लखन गाउँपालिकाको वडा नं ३ को कनटार सडकबाट करिब १५ मिटर तल झरेको हो ।
सोमबार बिहान ११ बजे भएको दुर्घटनाका घाइतेहरू सबैको तनहूँको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको डिएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । मृतकको सनाखत नभइसकेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

