जल तथा मौसम विभागको चेतावनी: भारीदेखि अति भारी वर्षाको सम्भावना

spot_img

जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि नेपालमा वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको छ र आउँदा दिनहरूमा धेरैजसो प्रदेशहरूमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान गरिएको छ।

बुधवार, असोज ७ गतेदेखि कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा बढ्ने अनुमान गरिएको छ।

शुक्रवार, असोज ९ देखि आइतवार, असोज ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने र एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ।

साथै कोशी, मधेश, बागमती र सुदूरपश्चिमका धेरैजसो भागहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ भने कर्णाली प्रदेशका केही क्षेत्रमा पनि भारी वर्षा हुनसक्नेछ।

यस अवधिमा सर्वसाधारणलाई सतर्क रहन र विशेषगरी लामो दूरीको यात्रा नगर्न तथा अनावश्यक यात्राबाट बच्न अधिकारीहरूले आग्रह गरेका छन्।

सम्बन्धित समाचार

ताजा समाचार