रसुवा बाढी: प्रधानमन्त्री बालेनद्धारा उद्धार र राहतमा जुट्न निर्देशन

spot_img

रसुवामा आज बिहान आएको विनाशकारी बाढीपछि सिर्जना भएको संकटबारे छलफल गर्न सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आपत्कालीन बैठक बोलाएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न उक्त बैठकमा बाढीले अहिलेसम्म पुर्‍याएको क्षति, प्रभावित क्षेत्रको वस्तुस्थिति र भइरहेको खोजी तथा उद्धार कार्यबारे प्रधानमन्त्रीलाई विस्तृत ब्रिफिङ गरिएको थियो।

ब्रिफिङलगत्तै प्रधानमन्त्री शाहले आगामी कदमका सम्बन्धमा सरोकारवाला सबै निकायहरूलाई चुस्त रूपमा परिचालन हुन कडा निर्देशन दिएका छन्। उहाँले यो कठिन विपद्‍को क्षणमा सबैलाई आ-आफ्नो ठाउँबाट बाढीग्रस्त क्षेत्रका प्रभावित नागरिकको उद्धार, खोज तथा राहत सामग्री वितरणमा युद्धस्तरमा खटिन सार्वजनिक अनुरोधसमेत गर्नुभएको छ।

सम्बन्धित समाचार

ताजा समाचार