प्रतिनिधिसभाको बैठक विशेष कारणले स्थगित, भोलि दिउँसो १ बजे पुनः बस्ने

spot_img

विशेष कारण देखाउँदै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। दिउँसो १ बजे सिंहदरबारमा बस्ने गरी तय भएको बैठक संघीय संसद् सचिवालयका अनुसार स्थगित गरिएको हो।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची थियो। साथै, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव र ‘संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पेस गर्ने तय भएको थियो।

बैठक स्थगित भएसँगै ती सबै कार्यसूचीहरू अर्को बैठकका लागि सरेका छन्। प्रतिनिधिसभाको अर्को बैठक भोलि बुधबार दिउँसो १ बजे पुनः बस्नेछ।

सम्बन्धित समाचार

ताजा समाचार