चीनको अक्टागनमा बझाङ्गी बाघको ठूलो परीक्षा: न्युजिल्यान्डका मर्डोकसँग भिड्दै रवीन्द्र ढाँट

spot_img

नेपाली मिक्स मासल आर्ट्सका चर्चित फाइटर रवीन्द्र ढाँट ‘बझाङ्गी बाघ’ शुक्रबार चीनको सांघाईस्थित अक्टागन (रिङ) मा उत्रिँदै छन् । अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो बलियो छाप छाड्न सफल ढाँटका लागि यो भिडन्त अहिलेसम्मकै सबैभन्दा कठिन र चुनौतीपूर्ण प्रतिस्पर्धा मानिएको छ ।

यसपटक रिङभित्र ढाँटका सामु न्युजिल्यान्डका पाका तथा अनुभवी फाइटर कासिब मर्डोक उभिनेछन् । मर्डोकसँगको यो सामनालाई ढाँटको खेल जीवनको एउटा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ ।

‘बझाङ्गी बाघ’ का रूपमा रिङमा आक्रामक शैलीका लागि परिचित ढाँटले यसअघि धेरै अन्तर्राष्ट्रिय फाइटहरूमा रोमाञ्चक जित हासिल गर्दै नेपाली समर्थकहरूको मन जितिसकेका छन् । तर, शुक्रबार हुने यो भिडन्तमा जित हात पार्न उनले आफ्नो सम्पूर्ण कौशल, शक्ति र धैर्यताको परीक्षण दिनुपर्नेछ । सांघाईको अक्टागनमा हुने यो भिडन्तलाई लिएर विश्वभरका नेपाली खेलप्रेमीहरू निकै उत्सुक छन् ।

सम्बन्धित समाचार

ताजा समाचार