पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न ललितपुर अदालतद्वारा अनुमति दिन अस्वीकार

spot_img

ललितपुर जिल्ला अदालतले उपसभामुख रुबी कुमारी ठाकुरद्वारा दर्ता गराइएको उजुरीका आधारमा पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्ने अनुमति दिन अस्वीकार गरेको छ।

आफ्नो चरित्र हत्या र सामाजिक प्रतिष्ठामा आँच पुर्याएको आरोप लगाउँदै उपसभामुखले ललितपुर प्रहरी परिसरमा जाहेरी दर्ता गराएकी थिइन्। सोही उजुरीका आधारमा ललितपुर प्रहरीले अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गर्न अदालतसमक्ष अनुमति मागेको थियो।

तर, व्यक्तिगत स्वतन्त्रता तथा प्रेस स्वतन्त्रताको संवैधानिक व्यवस्थालाई ध्यानमा राख्दै अदालतले हाल पक्राउको अनुमति दिन नमिल्ने निर्णय गरेको हो। यसअघि पनि सर्वोच्च अदालतले पत्रकार श्रेष्ठलाई हिरासतमा नराखी अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिइसकेको छ।

सम्बन्धित समाचार

ताजा समाचार