फुटबलबाट सन्यासको नजिक रोनाल्डो: ‘यो सम्भवतः मेरो अन्तिम सिजन हो’

spot_img

प्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले यो सिजनपछि फुटबलबाट सन्यास लिनसक्ने संकेत गरेका छन्। भोग  म्यागजिनलाई दिएको एक अन्तर्वार्तामा उनले आफ्नो भविष्यका योजना र सन्यासपछिको जीवनबारे खुलेर कुराकानी गरेका छन्।

अन्तर्वार्तामा रोनाल्डोले भनेका छन्, “फुटबलमा यो सम्भवतः मेरो अन्तिम वर्ष हो, र म एउटा शानदार विरासत (लेगेसी) छाडेर जान चाहन्छु।”

आफ्नो भविष्यको तयारीबारे स्पष्ट पार्दै उनले भने, “मैले मेरो भविष्यका सबै योजनाहरू तयार गरिसकेको छु। मलाई व्यस्त राख्नका लागि यति धेरै कुराहरू छन् कि कुनै एउटा मात्र भन्न गाह्रो छ।”

फुटबल छाडेपछिको जीवनका बारेमा बोल्दै ३९ वर्षीय रोनाल्डोले थपे, “फुटबल छाडेपछि जीवनमा ठूलो खालीपन आउन सक्छ, त्यसैले समयलाई एउटै कुरामा मात्र नभई विभिन्न तरिकाले सदुपयोग गर्नुपर्छ। म अझ बढी रमाइलो गर्न, धेरै भ्रमण गर्न, पाडेल  खेल हेर्न र खेल्न—जो मलाई धेरै मन पर्छ—र हामीले कमाएको सफलताको आनन्द लिन चाहन्छु। आखिर यो २५ वर्षको ठूलो त्याग र समर्पणको फल हो।

सम्बन्धित समाचार

ताजा समाचार