कपन, राममन्दिर र सुनाकोठीमा ५६८ रोहिंग्या: नेपाल प्रहरीद्वारा विवरण संकलन

spot_img

नेपाल प्रहरीले काठमाडौं उपत्यकामा ५६८ जना रोहिंग्या रहेको पहिचान गरेको जनाएको छ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपत्यकामा बसोबास गरिरहेका रोहिंग्याको संख्या सार्वजनिक गरिएको हो।

प्रहरीका अनुसार ती रोहिंग्या काठमाडौंको कपन, राममन्दिर क्षेत्र तथा ललितपुरको सुनाकोठीमा बसोबास गर्दै आएका छन्।

प्रहरीले उनीहरूको पहिचान तथा विवरण संकलन गरिएको जानकारी दिएको छ। यद्यपि उनीहरूको बसोबासको अवस्था, कानुनी हैसियत वा व्यवस्थापनसम्बन्धी थप विवरण भने सार्वजनिक गरिएको छैन ।

सम्बन्धित समाचार

ताजा समाचार