भारतीय लोकसभाका प्रमुख प्रतिपक्षी दलका नेता राहुल गान्धी र कंग्रेस सांसद प्रियंका गान्धी वाद्रालाई मंगलबार दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ।
भारतीय कंग्रेसका नेता तथा कार्यकर्ताहरूले नीट-युजी परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारी निवास (लोक कल्याण मार्ग) नजिकै प्रदर्शन गरिरहेका थिए। प्रदर्शनकै क्रममा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र निष्पक्ष छानबिनको माग गर्दै अघि बढेका राहुल गान्धी र प्रियंका गान्धीसहित धेरै कंग्रेस नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएर बसमा हालेको थियो।
प्रहरीले गान्धीलाई घेराउ गरी उठाएर गाडीमा लगेको भिडियो तथा तस्बिरहरू सार्वजनिक भएका छन्। प्रहरी हिरासतमा परेका राहुल गान्धीले सरकारले विद्यार्थीहरूको भविष्यमाथि खेलबाड गरेको र जवाफदेहिताबाट पन्छिन खोजेको आरोप लगाएका छन्।
दिल्ली प्रहरीका अनुसार बिना अनुमति प्रदर्शन गरेको र निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेकाले उनीहरूलाई सुरक्षाका कारण नियन्त्रणमा लिइएको हो।

