EA Sports को सनसनीपूर्ण भविष्यवाणी: के स्पेनले नै जित्दै छ यस पटकको विश्वकप?

spot_img

विश्वकपको फाइनल भिडन्तको पूर्वसन्ध्यामा खेल जगतमा एउटा रोचक भविष्यवाणीले निकै चर्चा पाइरहेको छ। भिडियो गेम निर्माता कम्पनी EA Sports को पछिल्लो सिम्युलेसन अनुसार यस पटकको विश्वकप ट्रफी स्पेनले चुम्ने सम्भावना प्रवल देखिएको छ।

इए स्पोर्ट्सले आफ्नो विशेष भिडियो गेम प्रविधिमार्फत प्रतियोगिताका सबै खेलहरूको भर्चुअल नक्कल  गरेर यो नतिजा निकालेको हो।

भिडियो गेम निर्माता कम्पनी इए स्पोर्ट्सले आफ्नो विशेष प्रविधिमार्फत खेलहरूको भर्चुअल नक्कल गरेर यो सनसनीपूर्ण नतिजा निकालेको हो। यस भविष्यवाणीलाई खेलाडी र फ्यानहरूले हल्का रूपमा लिएका छैनन्, किनकि इए स्पोर्ट्सको विगतको रेकर्ड निकै अचम्मको छ। कम्पनीले सन् २०१० मा स्पेन, २०१४ मा जर्मनी, २०१८ मा फ्रान्स र २०२२ मा अर्जेन्टिनाको जितको शतप्रतिशत सही अनुमान लगाउँदै विगतका लगातार चारवटा पुरुष विश्वकप विजेताहरूको नाम मिलाइसकेको छ।

यदि यस पटक पनि फाइनलमा अर्जेन्टिनालाई हराउँदै स्पेन च्याम्पियन बनेमा कम्पनीको यो लगातार पाँचौं सही भविष्यवाणी हुनेछ। यसै प्रक्षेपण अनुसार स्पेनका १८ वर्षीय युवा स्टार लामिने यमाल आफ्नो पहिलो विश्वकपमै प्रतियोगिताको समग्र शीर्ष गोलकर्ता बन्ने अनुमान गरिएको छ। सेमिफाइनलमा फ्रान्सलाई २-० ले पाखा लगाउँदै फाइनल यात्रा तय गरेको स्पेनिस टोली अहिले उच्च फर्ममा छ र यो भर्चुअल प्रक्षेपणले उनीहरूको मनोबल झनै बढाएको देखिन्छ।

सम्बन्धित समाचार

ताजा समाचार