फिफाद्वारा एन्फा निलम्बित, अन्तर्राष्ट्रिय खेलहरूमा प्रतिबन्ध

spot_img

नेपाली फुटबल इतिहासकै सबैभन्दा खराब संकटमा फसेको छ। विश्व फुटबलको नियामक निकाय फिफा (FIFA) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तत्काल प्रभाव रहने गरी अनिश्चितकालका लागि निलम्बन गरेको छ।

फिफा काउन्सिल ब्यूरोले एन्फामाथि सरकारी तथा बाह्य निकायको हस्तक्षेप भएको निष्कर्ष निकाल्दै फिफा विधानको धारा १४ बमोजिम यो कडा कदम चालेको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एन्फाबीच निर्वाचन र कार्यक्षेत्रलाई लिएर लामो समयदेखि चल्दै आएको विवाद र सरकारी हस्तक्षेपका कारण नेपालले यो ठूलो मूल्य चुकाउनु परेको हो। फिफा र एसियाली फुटबल महासंघले यसअघि नै हस्तक्षेप बन्द नगरे निलम्बन गर्ने अन्तिम चेतावनी दिएका थिए।

यो प्रतिबन्ध तबसम्म फुकुवा हुने छैन जबसम्म नेपाल सरकार र राखेपको हस्तक्षेप पूर्ण रूपमा अन्त्य भई एन्फाले आफ्नो विधान अनुरूप स्वतन्त्र रूपमा काम गर्ने वातावरण पाउँदैन। यो निर्णयसँगै देशका सयौँ खेलाडीहरूको भविष्य र लाखौँ फुटबल समर्थकहरूको सपनामाथि गम्भीर कुठाराघात भएको छ।

सम्बन्धित समाचार

ताजा समाचार