अर्जेन्टिनाका कप्तान तथा विश्व फुटबलका जादुगर लियोनल मेसीले फिफा विश्वकप इतिहासमा नयाँ कीर्तिमान रचेका छन्। जारी फिफा विश्वकप २०२६ अन्तर्गत अस्ट्रियाविरुद्धको खेलमा एक गोल गर्दै मेसी विश्वकप इतिहासकै सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका हुन्।
अमेरिकाको ड्यालस स्टेडियममा भइरहेको रोमाञ्चक भिडन्तमा गोल गरेसँगै विश्वकपमा मेसीको कुल गोल सङ्ख्या १७ पुगेको छ। यसअघि यो विश्वकीर्तिमान जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोज (१६ गोल) को नाममा थियो।
३८ वर्षको उमेरमा पनि मैदानमा उस्तै जादु छरिरहेका मेसीले यो ऐतिहासिक गोलसँगै फुटबल इतिहासमा आफ्नो नाम अझ स्वर्ण अक्षरले लेख्काएका छन्। खेलको सुरुवाती चरणमा पेनाल्टीको अवसर गुमाए पनि मेसीले उत्कृष्ट पुनरागमन गर्दै खेललाई अर्जेन्टिनाको पक्षमा मोडेका थिए।
साविक विजेता अर्जेन्टिनाका लागि मेसीको यो कीर्तिमानी गोल टोलीलाई अर्को चरणमा पुर्याउन र डिफेन्डिङ च्याम्पियनको साख जोगाउन निकै महत्त्वपूर्ण साबित भएको छ। ड्यालस स्टेडियममा उपस्थित हजारौँ दर्शक र विश्वभरका फुटबल प्रशंसकहरू मेसीको यो ऐतिहासिक क्षणको साक्षी बनेका छन्।

