फिफा विश्वकप २०२६ को समूह ‘जे’ अन्तर्गत आज साविक विजेता अर्जेन्टिनाले आफ्नो दोस्रो खेलमा अस्ट्रियाको सामना गर्दैछ। यो खेल अमेरिकाको डलास स्टेडियममा नेपाली समय अनुसार राति १०:४५ बजे सुरु हुनेछ।
दुवै टोलीले आ-आफ्नो पहिलो खेल जितिसकेकाले आजको खेल जित्ने टोलीको ‘राउन्ड अफ ३२’ (नकआउट चरण) मा स्थान सुरक्षित हुनेछ।
विश्वभरका फुटबल प्रशंसकहरूको नजर आज विशेष गरी अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीमाथि रहनेछ। पहिलो खेलमा अल्जेरियाविरुद्ध ३-० को सानदार जित निकाल्ने क्रममा ३८ वर्षीय मेस्सीले उत्कृष्ट ह्याट्रिक गरेका थिए।
त्यो ह्याट्रिकसँगै मेस्सीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान बराबरी गरिसकेका छन्। यदि आज अस्ट्रियाविरुद्ध मेस्सीले थप एक गोल गरेमा, उनी पुरुष विश्वकप इतिहासमै एक्लै सर्वाधिक गोल गर्ने सर्वकालीन खेलाडी बन्नेछन्।
मुख्य प्रशिक्षक लियोनेल स्कालोनीको नेतृत्वमा रहेको अर्जेन्टिनी टोली हाल उत्कृष्ट लयमा छ र लगातार ९ औं अन्तर्राष्ट्रिय खेल जित्ने दाउमा छ। टोलीमा रोड्रिगो डे पल, Alexis Mac Allister, र एन्जो फर्नान्डेज जस्ता खेलाडीले मेस्सीलाई बलियो साथ दिनेछन्।
अर्कोतर्फ, अस्ट्रिया पनि कम्जोर टोली होइन। उसले आफ्नो पहिलो खेलमा जोर्डनलाई ३-१ ले हराएर उच्च मनोबलका साथ मैदान उत्रिँदैछ। राल्फ राङ्गनिकको प्रशिक्षणमा रहेको अस्ट्रियाले अर्जेन्टिनालाई कडा चुनौती दिने अपेक्षा गरिएको छ।

