फिफा विश्वकप २०२६: टर्कीमाथि अस्ट्रेलियाको सनसनीपूर्ण जित

spot_img

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले बलियो प्रतिद्वन्द्वी टर्कीलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद र सनसनीपूर्ण सुरुवात गरेको छ।

क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा भएको रोमान्चक खेलमा अस्ट्रेलियाका लागि २६औँ मिनेटमा नेस्टोरी इरानकुन्डाले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

पहिलो हाफमा एक गोलले पछि परेको टर्कीले दोस्रो हाफमा खेलमा फर्कन निकै आक्रामक रणनीति अपनाए पनि अस्ट्रेलियाको कडा रक्षापंक्ति र गोलकिपर प्याट्रिक बीचको सानदार बचाउका कारण सफल हुन सकेन। खेलको ७४औँ मिनेटमा कर्नर मेटकाल्फले अर्को उत्कृष्ट गोल थप्दै अस्ट्रेलियाको जित सुनिश्चित गरे। काउन्टर अट्याकमा उत्कृष्ट प्रदर्शन गरेको अस्ट्रेलियाले यो महत्त्वपूर्ण जितसँगै स्पष्ट ३ अंक जोडेको छ।

सम्बन्धित समाचार

ताजा समाचार