२४ वर्षे उपाधि खडेरी तोड्ने लक्ष्यका साथ भोलि बिहान मैदानमा उत्रिँदै ब्राजिल

spot_img

नेपाली समय अनुसार भोलि जेठ ३२ गते बिहान ठीक ३:४५ बजे फिफा विश्वकप २०२६ को समूह ‘C’ अन्तर्गत ब्राजिल र मोरोक्कोबिच्छ रोमाञ्चक भिडन्त हुँदैछ। जसमा नेपाली फुटबल प्रेमीहरूको विशेष नजर मुख्य दाबेदार टोली ब्राजिलमाथि केन्द्रित रहनेछ।

न्यू जर्सीस्थित प्रतिष्ठित मेटलाइफ स्टेडियममा हुने यस खेलमा इटालेली प्रशिक्षक कार्लो एन्सेलोटीको रणनीतिक नेतृत्वमा मैदान उत्रिन लागेको पाँच पटकको विश्व विजेता ब्राजिल, सन् २००२ यताको २४ वर्षे उपाधि खडेरीलाई समाप्त पार्दै सानदार सुरुवात गर्ने दाउमा छ।

स्टार खेलाडी नेयमार चोटका कारण मैदान बाहिरै रहने आशंकाबीच टोलीको आक्रामक कमान विनेसियस जुनियर जस्ता प्रतिभावान खेलाडीले सम्हाल्ने छन् भने सन् २०२२ को विश्वकपमा सेमिफाइनल पुगेर इतिहास रचेको बलियो मोरोक्कोलाई रोक्न ब्राजिलियन रक्षापङ्क्ति र मिडफिल्डलाई ठूलो चुनौती हुने देखिन्छ।

सम्बन्धित समाचार

ताजा समाचार