सेलिब्रेटी सेफ सन्तोष साह पक्राउ परेका छन्।
साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो।
कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार उनलाई धनुषाको जनकपुर उपमहानगरपालिका-८ रामानन्द चोकबाट पक्राउ गरिएको हो।
सन्तोष जिल्ला सिराहाको कर्जन्हा नगरपालिका-११ का हुन्। उनीसँगै कर्जन्हा-९ का नारायण साह सुडीलाई पनि पक्राउ गरिएको छ।

