फिफा विश्वकप २०२६ को सुरुवाती संघारमा दुई विश्वप्रसिद्ध फुटबल स्टार लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले आ-आफ्नो देशका लागि अन्तिम मैत्रीपूर्ण खेल खेलेका छन्, जसमा दुवैको प्रदर्शन विपरीत देखियो।
अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी चोटपटक पछि मैदान फर्किँदै आइसल्याण्ड विरुद्धको खेलमा उत्कृष्ट लय प्रदर्शन गरे। दोस्रो हाफमा मैदान प्रवेश गरेका मेस्सीले पेनाल्टीमार्फत सानदार गोल गर्दै टोलीलाई ३-० को जित दिलाए। उनले म्याचमा ८.५ को उच्च रेटिङ प्राप्त गर्दै विश्वकप अघि आफ्नो उच्च मनोबल र लय प्रमाणित गरेका छन्।
अर्कोतर्फ, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो नाइजेरिया विरुद्धको अन्तिम अभ्यास खेलमा केही संघर्ष गरिरहेको देखिए। खेलका दौरान केही राम्रा अवसरहरू चुकाएका रोनाल्डोलाई विपक्षी रक्षापंक्तिले कडा मार्क गरेपछि उनले सोचे जस्तो प्रदर्शन गर्न सकेनन्। फलस्वरुप, ६५औँ मिनेटमा मैदानबाट बाहिरिएका रोनाल्डोले ६.२ को औसत रेटिङ मात्र पाए। यद्यपि, पोर्चुगलले सो खेल २-१ ले जित्न सफल भयो।

