भाजपाको निमन्त्रणामा रास्वपा सभापति रवि लामिछाने दिल्लीमा

spot_img

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका क्रममा भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। भारतीय जनता पार्टी (भाजपा) को विशेष निमन्त्रणामा दिल्ली ओर्लिएका लामिछानेलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

सभापति लामिछानेलाई स्वागत गर्न भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवाले विमानस्थल पुगेका थिए। भ्रमण टोलीमा लामिछानेसँगै उनकी धर्मपत्नी निकिता पौडेल, रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।

भाजपाकै निमन्त्रणामा भएको यो औपचारिक भ्रमणले दुई देशका राजनीतिक दलहरूबीचको सम्बन्धलाई थप सुमधुर बनाउनुका साथै नेपाल र भारतबीचको समग्र मित्रतालाई नयाँ उचाइ दिने विश्वास लिइएको छ।

सम्बन्धित समाचार

ताजा समाचार