प्रयागराजमा ४५ दिनसम्म चलेको महाकुम्भ मेला सकियो, ६६ करोड जनाभन्दा बढीले मारे डुबुल्की

spot_img

काठमाडाैं, १५ फागुन । भारतको उत्तर प्रदेशको प्रयागराजमा आयोजना गरिएको महाकुम्भ मेला समापन भएको छ । ४५ दिनसम्म चलेको महाकुम्भ मेला हिजो महाशिवरात्रिको दिन समापन भएको हो ।

गत पुस २९ गते शुरू भएको महाकुम्भ मेला सकिए पनि श्रद्धालुहरू मेलामा पुग्ने क्रम अझै रोकिएको छैन ।महाकुम्भको अवधिभर ६६ करोड जनाभन्दा धेरै मानिसले गङ्गामा स्नान गरेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

महाकुम्भको अन्तिम दिन हिजो मात्रै डेढ करोड जनाभन्दा धेरैले स्नान गरेका थिए । उत्तर प्रदेश सरकारले मेलामा ४० करोड जना मानिस सहभागी हुने अनुमान गरेको थियो । कुम्भमेला भारतका चार वटा शहरमा हरेक १२ वर्षमा मनाइने गरिन्छ ।

सम्बन्धित समाचार

ताजा समाचार