गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, राष्ट्रपतिका लागि पत्र

spot_img

नेपालमा गणतन्त्र दिवसका अवसरमा आयोजना गरिने मुख्य समारोहमा सम्बोधन गर्ने परम्परामा यस वर्षदेखि महत्त्वपूर्ण परिवर्तन हुन लागेको छ।

विगतका वर्षहरूमा सैनिक मञ्च टुँडिखेलमा हुने मूल समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने चलन रहे पनि यस पटकदेखि सम्माननीय राष्ट्रपतिले सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले यस वर्षको गणतन्त्र दिवस समारोहमा आफूले सम्बोधन नगर्ने निर्णय गर्दै राष्ट्र प्रमुखको हैसियतमा राष्ट्रपतिबाटै सम्बोधन हुनु उपयुक्त हुने ठानेर राष्ट्रपति कार्यालयलाई आवश्यक व्यवस्थाका लागि पत्राचार गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाटै निर्णय गराएर यो नयाँ अभ्यास सुरु गर्न लागिएको हो। गणतन्त्रको सर्वोच्च प्रतीक राष्ट्रपति नै भएकाले राष्ट्रका नाममा गरिने यस्तो ऐतिहासिक सम्बोधन उनकै तर्फबाट हुनु बढी गरिमामय हुने सरकारको बुझाइ छ। प्रधानमन्त्री शाह आफैँ मुख्य समारोह समितिको संयोजक रहे पनि उहाँ मञ्चबाट बोल्ने छैनन्।

सार्वजनिक मञ्चहरूमा कम बोल्ने आफ्नो शैलीलाई निरन्तरता दिँदै प्रधानमन्त्रीले यो कदम चालेका हुन्, जसअनुसार आगामी जेठ १५ गते टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको मुख्य सम्बोधन गर्नेछन्।

सम्बन्धित समाचार

ताजा समाचार