नेपाली लेगस्पीनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) क्रिकेटमा अष्ट्रेलियाका मिचेल स्टार्कको विश्व कीर्तिमान भंग गरेका छन्।
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको स्कटल्याण्डविरुद्धको खेलमा विकेट लिएसँगै सन्दीपले मात्र ७३ खेलमा १५० विकेटको ऐतिहासिक आँकडा पार गरेका हुन्।
यसअघि यो रेकर्ड ७७ खेलमा १५० विकेट लिएका स्टार्कको नाममा थियो। यससँगै सन्दीप ओडिआई इतिहासमा सबैभन्दा छिटो १०० विकेट (४२ खेल) र १५० विकेट दुवै लिने विश्वकै पहिलो खेलाडी बनेका छन्।

