राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा आज सार्वजनिक गरेको छ। बोर्डको आज बसेको बैठकले निर्णय गरेसँगै देशभरका ५ लाख १२ हजार ४२१ विद्यार्थीहरूको नतिजा अनलाइन र एसएमएस मार्फत उपलब्ध गराइएको हो।
विशेष गरी बेलुका ९ बजेपछि वेबसाइटहरूमा चाप कम हुने भएकोले विद्यार्थीहरूले सहजै आफ्नो मार्कसिट डाउनलोड गर्न सक्नेछन्। नतिजा हेर्ने आधिकारिक माध्यमहरू तल दिइएका छन्:
एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका
–नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
–जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
–एम्बिसन गुरु: ३१०६१ (SMS सेवा मात्र)
वेबसाइटबाट कसरी ?
–आधिकारिक सरकारी साइट: www.see.gov.np र www.neb.gov.np
–नेपाल टेलिकम: www.see.ntc.net.np
–कान्तिपुर पब्लिकेसन्स: www.ekantipur.com
–इडियु सञ्जाल: www.see.edusanjal.com
–खल्ती: https://khalti.com/app

