कम्बोडियामा २३३ नेपाली बन्धक: उद्धारका लागि सरकारसँग रुँदै अपिल

spot_img

कम्बोडियामा आकर्षक रोजगारीको प्रलोभनमा परेर पुगेका २३३ जना नेपाली एक बन्द कोठाभित्र अत्यन्तै कष्टकर अवस्थामा बन्धक बनाइएको जानकारी प्राप्त भएको छ। पीडितहरूका अनुसार उनीहरूलाई एउटै कोठाभित्र “जनावरलाई जस्तै खाँदेर” राखिएको छ र त्यहाँबाट बाहिर निस्कन दिइएको छैन।

बन्धक बनाइएका नेपालीहरूले आफ्ना परिवार र सामाजिक सञ्जालमार्फत पठाएको सन्देश अनुसार, त्यहाँ पुग्ने बित्तिकै रोजगारदाता भनिएका व्यक्तिहरूले उनीहरूको मोबाइल, नगद पैसा र राहदानी  समेत जफत गरेका छन्। बाह्य संसारसँग सम्पर्क विच्छेद गराएर उनीहरूलाई मानसिक र शारीरिक यातना दिइरहेको बुझिएको छ।

पीडितहरूले नेपाल सरकार, परराष्ट्र मन्त्रालय र बैंककस्थित नेपाली दूतावासलाई आफूहरूको ज्यान जोगाइदिन र तत्काल उद्धारको पहल गरिदिन रुँदै आग्रह गरेका छन्। पछिल्लो समय कम्बोडिया, लाओस र म्यानमार जस्ता देशहरूमा ‘अनलाइन स्क्याम’ र अवैध क्यासिनोमा काम लगाउने भन्दै नेपाली युवाहरूलाई तस्करी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ।

सम्बन्धित समाचार

ताजा समाचार