ट्रम्पले सत्ता सम्हालेयता २० नेपाली डिपोर्ट, २० हजारभन्दा बढी आप्रवासी पक्राउ

spot_img

काठमाडाैं, १५ फागुन । अमेरिकाकाे राष्ट्रपतिमा डाेनाल्ड ट्रम्प निर्वाचित भएयता २० हजार भन्दा बढी आप्रवासी पक्राउ परिसकेका छन् ।

ट्रम्पले सपथ लिएकै दिन गैरकानुनी रुपमा अमेरिकामा बसिरहेकाहरुलाई डिपोर्ट गर्ने कार्यकारी निर्णयमा हस्ताक्षर गरेका थिए। त्यस लगत्तै आप्रवासीमाथि धरपकड सुरु भएको थियो।

यस्तै यस अवधिमा २० जना नेपाली डिपाेर्ट भएका छन् । अध्यागमन कार्यालयको तथ्यांक अनुसार डोनाल्ड ट्रम्पले अमेरिकाको सत्ता सम्हालेको दिन २० जनवरी (माघ ७ गते) देखि फेब्रुअरी ११ (माघ २९ गते)को बीचमा २० जना नेपालीहरुलाई नेपाल फर्काएको हो ।

यसअघि अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीमा १ हजार ३६५ जना नेपालीहरु अवैध रुपमा अमेरिकामा बस्दै आएको विवरण सार्वजनिक भएको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार