पहिलो टी-२० मा नेपाल युएईसँग स्तब्ध:युएई ६ विकेटले विजयी

spot_img

संयुक्त अरब इमिरेट्सले वर्षाले प्रभावित पहिलो टी-२० आई खेलमा नेपाललाई डकवर्थ लुइस पद्धतिका आधारमा ६ विकेटले पराजित गरेको छ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३२ रन र कुशल मल्लले १७ रन जोडे भने युएईका मुहम्मद जुहैबले ३ विकेट लिए।

वर्षाका कारण खेल ढिला गरी सुचारु भएपछि युएईले जितका लागि संशोधित लक्ष्य प्राप्त गर्‍यो। युएईका कप्तान मुहम्मद वसिमले आक्रामक पारी खेल्दै १५ बलमै ३३ रन प्रहार गरेर टोलीलाई जिततर्फ डोर्‍याए। नेपालका लागि सन्दीप लामिछानेले कसिलो बलिङ गर्दै मात्र ८ रन दिएर ३ विकेट लिए पनि युएईले ७ बल बाँकी छँदै लक्ष्य पूरा गर्‍यो। यो जितसँगै युएईले २ खेलको सिरिजमा १-० को अग्रता लिएको छ भने सिरिजको अन्तिम खेल भोलि सोही मैदानमा हुनेछ।

सम्बन्धित समाचार

ताजा समाचार