रारा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको डाँफे होटलमा आगलागि हुँदा तिन करोडभन्दा बढीको धनमाल नष्ट

spot_img

मुगु, १५ फागुन । मुगु जिल्लाको रारा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको डाँफे होटलमा आगलागि भएको छ ।होटलमा बिहीबार राति १२ बजे आगलागि हुँदा पूर्ण पूर्ण रूपमा क्षतिग्रस्त बन्दा तिन करोडभन्दा बढीको धनमाल नष्ट भएको छ ।

रारा राष्ट्रिय निकुञ्ज हुटु क्षेत्रमा रहेको होटलको भान्सा कोठाबाट सल्केको आगोले होटलका पाँच वटा भवन, चार वटा टेण्ट जलेर करोडौंको धनमाल पूर्णरुपले क्षति भएको हो।

आगलागि भएको दिन होटलमा ६९ जना आन्तरिक पर्यटकसहित १५ जना काम गर्ने कर्मचारी रहेको सञ्चालकले जनाएका छन्।भान्साको आगो सल्केर होटलका सबै भवन र चार वटा टेण्ट जलेर खरानी भएको बताइएको छ । आगलागी पछि उक्त पाहुँनाहरूलाई राति नै उद्धार गरी अन्यत्र सारिएको थियो ।

आगलागी भएको हल्लापछि होटल नजिक रहेको निकुञ्ज कार्यालयका कर्मचारी तथा हनुमानध्वज गुल्मबाट नेपाली सेनाको टोली आगो निभाउन जुटेको थियो । घटनाकाे पूर्ण विवरण भने आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।

सम्बन्धित समाचार

ताजा समाचार