पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १३ दिन लामो प्रहरी हिरासतपछि बिहीबार रिहा भएका छन्।
‘जेनजी’ (Gen Z) आन्दोलनमा भएको दमनको आरोपमा पक्राउ परेका ओलीलाई प्रहरीले उनकै स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा आफन्तको जिम्मा लगाएको हो।
गएको चैत १४ गते भक्तपुरको बालकोटस्थित निजी निवासबाट प्रहरीले ओलीलाई नियन्त्रणमा लिएको थियो। सोही समयमा तत्कालीन गृहमन्त्री रमेश लेखक पनि पक्राउ परेका थिए। दुवैमाथि पछिल्लो राजनीतिक आन्दोलनका क्रममा राज्यको शक्ति दुरुपयोग गरी दमन गरेको आरोप लागेको थियो।
पक्राउ परेलगतै स्वास्थ्यमा जटिलता देखिएपछि ओलीलाई महाराजगन्जस्थित शिक्षण अस्पताल भर्ना गरिएको थियो। उनलाई हिरासतमा राखिएपछि एमाले पंक्ति र समर्थकहरूले राजनीतिक प्रतिशोध भन्दै देशव्यापी विरोध प्रदर्शन समेत गरेका थिए।

