प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्का सदस्यहरूको कार्यविभाजन र वरीयता क्रममा हेरफेर गर्नुभएको छ।
मङ्गलबार शीतल निवासमा जारी गरिएको विज्ञप्ति अनुसार, नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम कार्यविभाजन र वरीयता परिमार्जन गरिएको हो।
नयाँ वरीयता क्रम अनुसार, सरकारको तेस्रो स्थानमा रहँदै आएका गृहमन्त्री सुधन गुरुङ अब पाँचौँ स्थानमा पुग्नुभएको छ। यसअघि प्रधानमन्त्री र अर्थमन्त्रीपछिको वरीयतामा रहेका गुरुङको स्थान तल झरेपछि राजनीतिक वृत्तमा यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

