फेवाताल किनारको जग्गामा मलाई झुक्याइयोः गृहमन्त्री गुरुङ

spot_img

गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनारको जग्गा लिज प्रकरणमा आफुलाई जग्गाधनीले झुक्याएको दाबी गरेका छन्। तालको ६५ मिटरको मादपण्डभित्र रहेको भनेर आफुलाई जग्गाधनीले झुक्याएको उनको दाबी छ।

हाल फेवा ताल किनारका अतिक्रमित संरचना भत्काउने अभियान सुरु भएपछि त्यहाँको जग्गा मन्त्री गुरुङले पनि लिजमा लिएको बाहिर आएपछि उनीमाथि प्रश्न उठेको छ।

जग्गा लिजमा लिँदा जग्गा धनीले अतिक्रमित जग्गा भन्ने तथ्य लुकाई झुक्याइ लिजमा दिएर ठगेको भन्दै मन्त्री गुरुङसहित तीन जना साझेदारले कानुन उपचारमा जाने बताएका छन्। जग्गाधनीले भने सम्झौताविपरीत गुरुङ भाडा नतिरी सम्पर्कविहिन भएको आरोप लगाएका छन्।

सम्बन्धित समाचार

ताजा समाचार