हर्क साम्पाङलाई ज्यान मार्ने र घर जलाउने धम्की, साइबर ब्युरोमा उजुरी

spot_img

श्रम, संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले आफूलाई ज्यान मार्ने र घर जलाउने धम्की आएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्। सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरूले आफू र आफ्नो परिवारको सुरक्षामा आँच आउने गरी उत्तेजक र धम्कीपूर्ण सन्देशहरू पठाएको भन्दै उनले दोषीमाथि कडा कारबाहीको माग गरेका हुन्।

सांसद साम्पाङका अनुसार पछिल्लो समय उनले उठाएका केही राजनीतिक र सामाजिक मुद्दाहरूका कारण केही समूहहरू उनीप्रति आक्रामक बनेका छन्। सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण र कमेन्टहरू मार्फत “घरमै आएर आगो लगाइदिने” र “भौतिक कारबाही गर्ने” जस्ता धम्की आएपछि उनले कानुनी उपचारको बाटो रोजेका हुन्। साम्पाङले भनेका छन्, “लोकतन्त्रमा विचारको लडाइँ विचारले नै लड्नुपर्छ, तर यसरी ज्यानकै धम्की दिनु फौजदारी अपराध हो।”

नेपाल प्रहरीको साइबर ब्युरोले साम्पाङको उजुरी दर्ता गरी धम्की दिने व्यक्तिहरूको प्राविधिक पक्षबाट अनुसन्धान सुरु गरिसकेको जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार