ओलीको रिहाइ माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन, पत्नी शाक्यद्वारा रिट दायर

spot_img

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी छन्।

‘जेनजी आन्दोलन’ का क्रममा दमन गरेको अभियोगमा चैत १४ गते शनिबार पक्राउ परेका ओलीलाई बिना कुनै ठोस कानुनी प्रक्रिया थुनामा राखिएको निवेदनमा उल्लेख छ। सर्वोच्च अदालतका सूचना अधिकारीका अनुसार उक्त निवेदन हाल अध्ययनको क्रममा रहेको छ र दर्ता भएमा भोलि सोमबार यस विषयमा सुनुवाइ हुने सम्भावना छ।

ओलीको गिरफ्तारीपछि देशभर राजनीतिक माहोल तातिएको छ भने नेकपा एमालेले यसको विरोधमा देशभरका जिल्ला प्रशासन कार्यालयहरूमा प्रदर्शन र विरोधपत्र बुझाउने कार्यक्रम तय गरेको छ। पक्राउ लगत्तै स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएका ओलीको अवस्था हाल सामान्य रहेको बताइएको छ। उनलाई पूर्वगृहमन्त्री रमेश लेखकसँगै प्रहरीको २ नम्बर गणमा राख्ने तयारी भइरहँदा, एमाले कार्यकर्ताहरूले बुटवल, सुर्खेत र कञ्चनपुर लगायतका क्षेत्रमा सडकमा उत्रिएर तत्काल रिहाइको माग गरिरहेका छन्। बालेन शाह नेतृत्वको नयाँ सरकारले कार्की आयोगको प्रतिवेदनलाई आधार मान्दै यो कदम चालेपछि नेपालको राजनीतिले नयाँ र जटिल मोड लिएको देखिन्छ।

सम्बन्धित समाचार

ताजा समाचार