शीतल निवासमा ज्येष्ठ सदस्य केसीको शपथ

spot_img

प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूमध्ये सबैभन्दा ज्येष्ठ सदस्यका रूपमा अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।

बुधबार शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई शपथ गराउनुभएको हो। नेपाली कांग्रेसको तर्फबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनुभएका केसीले अब नयाँ सभामुखको चयन नहुञ्जेलसम्म प्रतिनिधि सभाको बैठकको अध्यक्षता गर्नुहुनेछ।

संवैधानिक व्यवस्थाअनुसार ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिएपछि मात्र अन्य नवनिर्वाचित सांसदहरूलाई शपथ गराउने बाटो खुल्नेछ। सोही अनुरूप, अब केसीले संसद् भवन नयाँ बानेश्वरमा अन्य सदस्यहरूलाई शपथ गराउनुहुने कार्यक्रम रहेको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि संसद्को पहिलो बैठक र नयाँ सभामुख चयनको प्रक्रिया अघि बढाउन ज्येष्ठ सदस्यको यो शपथ ग्रहणले कानुनी र व्यवस्थापकीय मार्ग प्रशस्त गरेको छ।

सम्बन्धित समाचार

ताजा समाचार