न्युजिल्यान्डमा स्ट्राइकर सावित्रा भण्डारीको घुँडाको सफल शल्यक्रिया

spot_img

नेपाली महिला फुटबलकी प्रख्यात स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) को न्युजिल्यान्डको अकल्यान्डमा दाहिने घुँडाको सफल शल्यक्रिया गरिएको छ। लामो समयदेखि चोटबाट ग्रसित साम्बाको उपचार मंगलबार डा. साइमन र उनको विशेषज्ञ टोलीले सम्पन्न गरेको हो।

सुरुमा कतारको एस्पेटरमा उपचार गर्ने योजना भए तापनि खाडी क्षेत्रको पछिल्लो असहज परिस्थितिका कारण उनले न्युजिल्यान्डमै शल्यक्रिया गर्ने निर्णय लिएकी हुन्। यसका लागि विश्वभर छरिएका नेपालीहरूले देखाएको अभूतपूर्व सहयोग र २४ घण्टाभित्रै संकलन भएको करिब १ करोड ४५ लाख रुपैयाँ ले उनको उपचार प्रक्रियालाई सहज बनाएको थियो। शल्यक्रिया सफल भए पनि साम्बालाई पूर्ण रूपमा मैदान फर्कन अबको ९ देखि १२ महिना पुनर्स्थापना (Rehab) मा बिताउनुपर्ने चिकित्सकहरूले बताएका छन्।

सम्बन्धित समाचार

ताजा समाचार