सुनको मूल्यमा भारी गिरावट: एक सातामै ३४ हजारले सस्तियो

spot_img

नेपाली बजारमा सुनको मूल्यमा गिरावट आउने क्रमले आज पनि निरन्तरता पाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको भाउ प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ तोकेको छ। यो अघिल्लो दिन आइतबारको तुलनामा ६ हजार ५ सय रुपैयाँले कम हो। आइतबार सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो।

पछिल्लो एक सातालाई हेर्ने हो भने सुनको मूल्यमा अकल्पनीय गिरावट आएको देखिन्छ। गत सोमबार प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आजसम्म आइपुग्दा ३४ हजार रुपैयाँले सस्तो भएको छ। स्मरण रहोस्, गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च बिन्दु प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।

सम्बन्धित समाचार

ताजा समाचार