ट्रम्पको अल्टिमेटम र इरानको कडा चेतावनी: मध्यपूर्वमा युद्धको खतरा झनै बढ्यो

spot_img

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘स्ट्रेट अफ होर्मुज’ जलमार्ग ४८ घण्टाभित्र खुला गर्न अन्तिम चेतावनी (अल्टिमेटम) दिनुभएको छ।

विश्वको करिब २० प्रतिशत तेल र ग्यास ढुवानी हुने यस रणनीतिक जलमार्गलाई बिना सर्त नखोलेमा अमेरिकाले इरानका ठूला ऊर्जा केन्द्र र पावर प्लान्टहरूमा घातक हमला गर्ने चेतावनी ट्रम्पले दिनुभएको हो। ट्रम्पको यो समयसीमा मार्च २४ को बिहान (तेहरान समय अनुसार ३:१४ बजे) सकिँदैछ।

यसको कडा प्रतिवाद गर्दै इरानले पनि यदि आफूमाथि कुनै आक्रमण भएमा खाडी क्षेत्रभरि रहेका अमेरिकासँग जोडिएका सबै ऊर्जा पूर्वाधार र केन्द्रहरूमा भीषण प्रत्याक्रमण गर्ने घोषणा गरेको छ। यो दोहोरो चेतावनीले गर्दा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो उतारचढाव आएको छ भने विश्वभर नै युद्धको त्रास फैलिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार