काठमाडौँ उपत्यकामा भारी असिना-पानी: सडक यातायात प्रभावित

spot_img

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण आज अपराह्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा असिनासहितको वर्षा भएको छ। अचानक मौसममा आएको परिवर्तनसँगै भएको ठुलो असिना-पानीका कारण काठमाडौँ, ललितपुर र भक्तपुरको जनजीवन प्रभावित बनेको छ।

वर्षाका कारण सडकमा सवारी आवागमन केही समय अवरुद्ध भएको थियो भने पैदल यात्रीहरू बीच बाटोमै अलपत्र परेका थिए। जल तथा मौसम विज्ञान विभागका अनुसार, यो वायुको प्रभाव केही दिन कायम रहने सम्भावना छ। विशेषगरी तराईका जिल्लाहरूमा हुरी-बतास चल्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

सम्बन्धित समाचार

ताजा समाचार