काठमाडौँ-३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित

spot_img

भर्खरै सम्पन्न आम निर्वाचन २०८२ को मतगणना अनुसार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा अप्रत्याशित नतिजा आएको छ। नेपाल विद्युत् प्राधिकरणको पूर्व कार्यकारी निर्देशक तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन्।

बिहीबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले घिसिङलाई भारी मतान्तरले पराजित गर्दै जित हात पारेका हुन्।

नेपालमा लोडसेडिङ अन्त्य गरेर चर्चामा आएका कुलमान घिसिङले यसै निर्वाचन अघि आफ्नै नेतृत्वमा “उज्यालो नेपाल पार्टी” गठन गरी राजनीतिमा होमिएका थिए। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा मन्त्रीको जिम्मेवारी सम्हालेर राजीनामा दिएका घिसिङलाई यस क्षेत्रको बलियो उम्मेदवार मानिएको थियो।

यद्यपि, काठमाडौँका मतदाताले यसपटक पनि नयाँ शक्ति र युवा अनुहारलाई प्राथमिकता दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका पाण्डेलाई चयन गरेका छन्। घिसिङको पराजयलाई ‘उज्यालो नेपाल’ अभियान र उनको व्यक्तिगत लोकप्रियता मतमा परिणत हुन नसकेको रूपमा विश्लेषण गरिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार