नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर तथा भरपर्दा ब्याटर करण केसीले विवाह गरेका छन्। उनले आफ्नी लामो समयदेखिकी प्रेमिका, सञ्चारकर्मी वर्षा बस्नेतसँग विवाह गरेका हुन्। भारतको चण्डीगढमा आयोजित एक संक्षिप्त समारोहका बीच उनीहरूले लगनगाँठो कसेका हुन्।
वर्षाले सामाजिक सञ्जालमा तस्बिरहरू शेयर गर्दै लेखेकी छन्, “वर्षौँको प्रेम, उतारचढाव र धैर्यतापछि हामी अन्ततः सधैँका लागि एक भएका छौँ।” करणले पनि आफ्नो नयाँ जीवनको सुरुवात भएकोमा खुसी व्यक्त गरेका छन्। मैदानमा ‘हल्क’ र ‘भ्यालेन्टाइन ब्वाई’ को नामले चिनिने करणको यो सुखद खबरले अहिले नेपाली क्रिकेट जगतमा खुसीयाली छाएको छ।

