धादिङमा यात्रुवाहक बस त्रिशूलीमा खस्दा १८ जनाको मृत्यु

spot_img

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–३, चिनाधारास्थित सडकबाट आज बिहान एक यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने २६ भन्दा बढी घाइते भएका छन्।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख १४२१ नम्बरको बस सोमबार बिहान करिब १:३० बजे अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको हो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारका लागि घटनास्थल पुगेका थिए। अप्ठ्यारो भिर र रातको समय भएकाले उद्धार कार्यमा केही असहजता भएको थियो। मृतक १८ जनामध्ये १२ पुरुष र ६ महिला रहेका छन्, जसमा दुई जना विदेशी नागरिक (न्यूजिल्याण्डका) समेत समावेश छन्। घाइतेहरूलाई तत्काल स्थानीय स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौं पठाइएको छ। प्रहरीको प्रारम्भिक अनुमान अनुसार तिव्र गतिका कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुन सक्ने देखिए पनि यसबारे थप अनुसन्धान जारी छ।

सम्बन्धित समाचार

ताजा समाचार