अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आज भएको सुपर ८ को खेलमा दक्षिण अफ्रिकाले भारतमाथि ७६ रनको शानदार जित हात पारेको छ। १८८ रनको लक्ष्य पछ्याएको भारतीय टोली दक्षिण अफ्रिकी बलरहरूको घातक बलिङसामु टिक्न सकेन र १८.५ ओभरमा मात्र १११ रनमा अलआउट भयो। भारतका लागि शिवम दुबेले सर्वाधिक ४२ रन बनाए पनि अन्य ब्याट्सम्यानहरू सस्तैमा समेटिए। दक्षिण अफ्रिकाका लागि मार्को यान्सनले ४ विकेट र केशव महाराजले ३ विकेट लिएर भारतीय ब्याटिङ लाइनअप ध्वस्त पारे।
पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८७ रन बनाएको थियो। सुरुवातमा २० रनमा ३ विकेट गुमाएर संकटमा परेको दक्षिण अफ्रिकालाई डेभिड मिलर (६३ रन) र डेवाल्ड ब्रेभिस (४५ रन) को ९७ रनको साझेदारीले बलियो स्थितिमा पुर्याएको थियो। अन्त्यमा ट्रिस्टन स्टब्सले २४ बलमा ४४ रनको आक्रामक पारी खेल्दै टोलीलाई उच्च योगफलतर्फ डोहोर्याए। भारतका लागि जसप्रित बुमराहले किफायती बलिङ गर्दै ३ विकेट लिए र उनी भारतका लागि T20 विश्वकपमा सर्वाधिक विकेट लिने बलर समेत बनेका छन्।

