नेपाली बजारमा सुनको मूल्यले पुनः उकालो यात्रा तय गरेको छ। आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँ कायम भएको छ। यो शुक्रबारको तुलनामा ५ हजार ६०० रुपैयाँले वृद्धि हो, जतिबेला सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यो वृद्धि फागुन महिना लागेपछि देखिएको छोटो समयको गिरावटका बीच आएको एउटा ठूलो उछाल हो।
चाँदीको मूल्य पनि बढ्यो सुनसँगै चाँदीको मूल्यमा पनि आइतबार उल्लेख्य वृद्धि देखिएको छ। चाँदी तोलामा ३७५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ४२५ रुपैयाँ रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला ५,०५० रुपैयाँमा कारोबार भएको थियो।

