दक्षिण कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई कोरियामा प्रतिष्ठित ‘बेस्ट एम्बासडर अवार्ड २०२६’ (Best Ambassador Award 2026) प्रदान गरिएको छ।
कोरियामा रहेका १ सय १६ वटा कूटनीतिक नियोग तथा दूतावासहरूमध्येबाट उत्कृष्ट कार्यसम्पादन गरेका तीन देशका राजदूतहरूलाई यो विशेष सम्मान प्रदान गरिएको हो। सम्मानित हुने अन्य राजदूतहरूमा पेरु र किर्गिस्तानका राजदूतहरू रहेका छन्।
‘कोरिया कन्ज्युमर ब्रान्ड अवार्ड्स २०२६’ अन्तर्गत आयोजित कार्यक्रममा उनलाई उक्त सम्मान प्रदान गरिएको हो । कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व तथा ब्रान्ड प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

